logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव

    मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव

    2.4K
    Shares
    मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव

     

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो ।

    मुटुका बिरामीहरुको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । उनले भनिन्, ‘अक्सिजेनेटर मेसिन चाँही कूटनीतिक पहल गरेर तत्काल उपलब्ध गराउनु प¥यो भनेर म सरकारलाई सुझाव दिन चाहन्छु । मुटुको विरामीहरुको शल्यक्रिया नै हुन सकेन भनेर समाचार आएका छन । यस विषयमा सरकार संवेदनशील भएर यसको आवश्यक व्यवस्था छिटो मिलाउनु प¥यो ।’

    समितिले कोभिड संक्रमण बढन लागेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारलाई ्रसचेत गराएको छ । बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले विरामीहरुको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको स्पष्टिकरण समितिलाई दिएका थिए । उनले युक्रेन युद्ध र कोरोना संकटका कारण पनि सो उपकरण ल्याउन नसकिएको पनि बताए ।

    कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य सामग्रीहरुको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरुको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend