
काठमाडौं । संघीय शिक्षा ऐन छिट्टै संसदमा पेश हुने गरी छलफल अघि बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसहित सरोकारवालालाई संघिय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने भएका छन्।
प्रधानमन्त्री देउवा र शिक्षा पौडेलबीच शनिबार बालुवाटारमा संघीय शिक्षा ऐनका सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्रीसँगको भेटमा संघीय शिक्षा ऐन, विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा गम्भीर छलफल भएको शिक्षामन्त्री पौडेलले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend