सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कैलालीमा १७ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

कैलालीमा १७ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

 

कैलाली । सशस्त्र प्रहरीले कैलालीमा श्रोत नखुलेको ठुलो मात्रामा भारतीय रकम सहित २ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको केन्द्रिय ब्युरो टोलि र सशस्त्र पहरी वल नम्बर ३४ गण कैलालीले ‌धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रवसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोलका १७ बर्षिय विबेक चन्द र सोही ठाउका १८ वर्षिय सरोज धामी छन् । यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशिले जानकारी दिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend