logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देशी-विदेशी प्रतिक्रियावादीहरुले हाम्रो पार्र्टी कमजोर बनाउन गठबन्धन बनाए: अध्यक्ष ओली

    देशी-विदेशी प्रतिक्रियावादीहरुले हाम्रो पार्र्टी कमजोर बनाउन गठबन्धन बनाए: अध्यक्ष ओली

    3.3K
    Shares
    देशी-विदेशी प्रतिक्रियावादीहरुले हाम्रो पार्र्टी कमजोर बनाउन गठबन्धन बनाए: अध्यक्ष ओली

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी÷विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दावी गरेका छन् ।
    अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीर गरे ।

    मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भईरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको तर्क थियो । शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे ।

    उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहो¥याए । त्यस अवसरमा उनले सो गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गरे ।

    अध्यक्ष ओलीले भने, ‘मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, ती हितहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा प¥यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराईयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु । किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिलेनै समृद्धि छदै छ नि । अहिले नै कसैको फोर्स बुकमा नाम त लेखिएकै छन नि । उनीहरुको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवि वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन बञ्चित छन । निरपेक्ष गरिवीको रेखामुनि छन । अथवा रोजगारीको अवसरबाट बञ्चित छन । अथवा जिवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट बञ्चित छन । सहज जीवन जीउन सकिरहेका, पाईरहेका छैनन । तीनका निम्ति समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकांक्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तीका लागि वर्गीय हिसावले नै प्रतिवद्ध हुन्छ । वर्गीय हिसावले नै इमान्दार हुन्छ ।’

    अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताए । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनको भनाई थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend