logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आलोपालो प्रधानमन्त्री र देउवालाई राष्ट्रपति बनाउने भन्ने हल्ला मात्रै होः अध्यक्ष प्रचण्ड

    आलोपालो प्रधानमन्त्री र देउवालाई राष्ट्रपति बनाउने भन्ने हल्ला मात्रै होः अध्यक्ष प्रचण्ड

    3.2K
    Shares
    आलोपालो प्रधानमन्त्री र देउवालाई राष्ट्रपति बनाउने भन्ने हल्ला मात्रै होः अध्यक्ष प्रचण्ड

    जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूविरुद्ध गलत हल्ला फैलाइरहेको बताएका छन् । केही दिनअघि भारत भ्रमणमा जाँदा दिल्लीमा आरजु देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर अफवाह फैलाइएको उनले बताए ।

    आज (शनिबार) जनकपुरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । आगामी संसदीय निर्वाचनपछि प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्ने र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने सहमति भएको भन्दै फैलाएको हल्लामा सत्यता नरहेको उनको भनाइ थियो ।

    उक्त कुरा आफूविरुद्ध भ्रम फैलाउन कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला मात्र रहेको भन्दै उनले त्यस्ता अमूर्त कुरामा कुनै सत्यता नरहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend