
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला दल एमाले र कांग्रेससंग समानान्तर ढंगले गठबन्धनका लागि वार्ता सम्भव नहुने बताए ।
‘माया एउटासंग विवाह अर्कैसंग गर्ने अनि औंशी भए एमालेसंग पूर्णिमा भए कांग्रेससंग मिल्ने प्रवृत्ति भएकासंग गठबन्धन हुँदैन’, ज्ञवालीले भने, ‘एमाले गठबन्धन विना पनि चुनाव लड्न सक्षम छ, यदि वाम गठबन्धन गर्ने हो भने माओवादी र एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाड्नुपर्छ ।’
नेता ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरुको भावनामा चोट पु¥याएको टिप्पणी गरे । वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा आफ्नै पार्टीका सांसदहरुले राखेको संशोधन प्रस्ताव विपरीत विधेयक पारित गर्न समर्थन गरेर माओवादीले बेइमानी गरेको ज्ञवालीले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend