logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार सत्ता टिकाउनमा नै केन्द्रित छः राजेन्द्र लिङदेन

    सरकार सत्ता टिकाउनमा नै केन्द्रित छः राजेन्द्र लिङदेन

    4.3K
    Shares
    सरकार सत्ता टिकाउनमा नै केन्द्रित छः राजेन्द्र लिङदेन

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आईतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।

    अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकबिहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

    अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे । उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे ।

    उनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनाधिकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ ।

    कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा सबै एक ठाउँ हुनुपर्ने समय आएको छ । यो पतनको बाटो हो । यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन । राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ । भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ । यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो । यसलाई बलियो ढंगले जनताको बीचमा लैजानुपर्छ । आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जानेछौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend