logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्छः पम्फा भुसाल

    आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्छः पम्फा भुसाल

    2.8K
    Shares
    आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्छः पम्फा भुसाल

    काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छन् । आईतवार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी छन् ।

    उनले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताइन् । उनले संविधान र कानूनमा ३३ प्रतिशत महिला अधिकार भनिएपनि अझै १७ प्रतिशत महिला अधिकारबाट बञ्चित रहेको बताइन् । उनले अधिकार खोज्नु महिलाहरुको राजनीति,कानूनी अधिकार भएको दाबी गरिन् । मन्त्री भुसालले संविधान र कानूनले सम्पतीको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिएपनि व्यवहारमा लागू नभएको जिकिर गरिन् । उनले मुलुकमा १० वर्षे जनयुद्ध लडेर गणतन्त्र ल्याएर देशमा राजा हटाएको भन्दै जन्मदै मालिक हुने छोरा, घरको मालिक हुने पुरुष र घरघरमा राजा र युवा राजा भन्ने अवस्था नभएको बताइन्।

    उनले भनिन्,‘अहिले राज्य सञ्चालनको विषयमा उमेरको कुरा चल्छ मलाई त्यति सार्थक लाग्दैन । समाज परिर्वतन गर्ने कुरा वा राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा विचारले हो । विचार र राजनीति नयाँ गर्नसक्ने हो भने युवा र वृद्धा जसले गर्दा पनि हुन्छ । युवाहरु भनेको उर्जा हो । बाँकी अपुरो काम गर्नुपर्नेछ । छोरीको समस्या छोरोको होइन समाज र राष्ट्रको हो । त्यसैले अब कुनैपनि छोरीले न्याय समानता र स्वतन्त्रताको कुरा उठाउन नपरोस् । त्यसलाई जीवन व्यवहारको विषय बनाएर नभएको स्थानमा प्रश्न उठाएर एउटा रचनात्मक आन्दोलन गर्नु पर्ने अवश्यकता छ । त्यो भएन भने पनि दबाब दिने कार्यभार अहिलेका महिला युवाको काधमा छ । अहिले महिलाको अधिकार पूरा छैन । ३३ प्रतिशत मात्रै छ । जसमा १७ प्रतिशत बाँकी छ । अब ५० प्रतिशत महिलाले अधिकार पाउन बाँकी रहेको छ । छोरीहरुको आन्दोलन बाँकी नै छ । यो राजनीति,कानूनी अधिकारको कुरा हो । यसका कार्यसम्पादन गर्ने कुरा त्यतिकै चुनौतीपूर्ण छ । संविधान र कानूनले सम्पतीमा महिला पुरुष दुवैलाई समान अधिकार दिएको छ तर व्यवहारमा लागू भएको छैन । हाम्रा महिलाहरु नै लिन डराईरहेको अवस्था छ । जन्मदै मालिक हुने छोरा,घरको मालिक हुने पुरुष अब देशमा गणतन्त्र आयो । राजा र युवा राजाहरु पनि छैनन् । अब घरहरुमा पनि राजा र युवा राजाहरु छैनन् ।’

    मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने कुरा आएको भन्दै राष्ट्रको नेतृत्व विचारले गर्नुपर्ने बताइन् । उनले नयाँ विचार भए युवा पुरुष महिला वा वृद्धा जसले गर्दा पनि फरक नपर्ने बताइन् । मन्त्री भुसालले अहिल महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको दाबी गरिन् । उनले अब महिलाले न्याय, समानता र स्वतन्त्रताको कुरा उठाउन नपर्ने गरी व्यवहारिक बनाउनु पर्ने भन्दै व्यहारमा लागू नभएको स्थानमा नयाँ रचनात्मक आन्दोलन युवाले गर्नुपर्ने आवश्यकता पर्ने जिकिर गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend