logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्छः झलनाथ खनाल

    वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्छः झलनाथ खनाल

    3.3K
    Shares
    वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्छः झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् । आईतवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताएका हुन् ।

    उनले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताए ।

    उनले भने – ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समुहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । आवश्यकताको दृष्टिले सबै वामपन्थीहरु एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैन । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमती हुनुपर्ने आवश्यकता छ ।’

    उनले तत्कालिन आवश्यकता पाँच दलिय गठबन्धनको भएपनि दीर्घकालिन आवश्यकता भने वाम एकता रहेको बताए । वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भएपनि प्रभावकारी भने नभएको उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend