शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मलेसियामा एक दिनमा २ हजार ७२० जनामा संक्रमण

मलेसियामा एक दिनमा २ हजार ७२० जनामा संक्रमण

मलेसिया/रासस । आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ ।

त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए । जसमा ५४ जनालाई सघन उपचार केन्द्रमा राखिएका छन् । ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ ।

देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५।९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९।५ प्रतिशतले पहिलो बुस्टर र ०।९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend