काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । दुई सातादेखि आरजु दिल्लीमा छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै देउवाले आफ्नो शल्यक्रिया सफल भएको बताएकी छन् ।
दिल्लीको म्याक्स अस्पतालमा प्रा. डा हरित चतुर्वेदी नेतृत्वको टीमले देउवाको उपचार गरेको थियो । उपचारको शिलशिलामा आरजु दिल्ली गएको भए पनि राजनीतिक भागबण्डा मिलाउन गएको भनेर आलोचना भएको थियो ।