logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • सरकार अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा छ : सञ्चार मन्त्री कार्की

    सरकार अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा छ : सञ्चार मन्त्री कार्की

    6.2K
    Shares

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताए । सोमवार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रम’मा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत
    स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताए ।

    उनले सरकार प्रेस जगतको साथमा रहेको बताए । मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताए ।

    मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताए । अब भारतमा विद्युत बेचेवापत् प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उनले सुनाए । आगामी दिनमा १५ हजार मेघावाट विद्युत भारतीय बजारमार्फत अन्य बजारमा पु¥याउन सकेमा प्रतिमहिना २ खर्ब रुपैयाँ आर्जन हुनसक्ने उनको भनाई छ ।

    उनले पत्रकारहरुलाई जिवनको उत्तराद्र्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभुति गराउन सकिएमा पत्रकारिता निर्भिकताका साथ अगाडी बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend