logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्छः महेश बस्नेत

    कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्छः महेश बस्नेत

    3.7K
    Shares
    कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्छः महेश बस्नेत

     

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार भक्तपुरको सुर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरुले लगानी गर्नुपर्ने बताएका हुन् ।

    उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्न्ने बताए । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको उनको भनाई छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत पु¥याउनुपर्ने उनले बताए ।

    उनले भने – ‘म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढे, लेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई कृषि उद्योगको रुपमा परिणत गर्न सक्दैनौँ र कृषि उद्योगलाई प्रोत्साहन नगरेसम्म न हामी व्यापार घाटा बढाउन सक्छौँ । ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ । यो भनेको हाम्रो लागि घाटा हो । ६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७०÷८० प्रतिशत योगदान दिनुपर्छ । त्यसो ग¥यो भने मात्रै हाम्रा जनताहरुको लगानी अथवा मिहेनत उपयोग भएको देखिन्छ ।’

    उनले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend