
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।
दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ।
केही समययता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीचमा समाजवादी केन्द्र बनाउनेबारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend