काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भुटानका लागि गैर आवासीय राजदूत नियुक्त भएका छन् ।