बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाँदै

अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा निस्कने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणमा जापान जान लागेका हुन् ।

अध्यक्ष प्रचण्ड साउन २१ गते जापान हिँड्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले यसअघि भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend