काठमाडौं । सांसद गंगा चौधरीले नागरिकता विद्येयक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताएकी छन् । उनले पत्ता पक्षका सांसदहरुलाई लेण्डुप दोर्जेको संज्ञा दिइन् ।
चौधरीले भारतमा इन्दिरा गान्धीले सिकिम भारतसँग विलय नहुँदा समेत लेण्डुप दोर्जेलाई रातो कार्पेटमा स्वागत गर्ने गरेको भन्दै अहिले नेपालका नेतालाई डिल्लीले रातो कार्पेटमा स्वागत गरिरहेको बताइन् ।
उनले भनिन्,‘मेरो दृष्टिभ्रम हो वा सबैले यस्तै झझल्को देखिराखेका छन् । सभामुख बस्ने आसनको दाँया पट्टि बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । न पत्याए नागरिकता विद्येयकको संशोधनमा हेरे हुन्छ । लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले रातो कार्पेट ओछ्याएर डिल्लीमा स्वागत गर्ने गर्थिइन । जब सिकिम भारतसँग विलय भएको थिएन । यसै गरी आजभोली नेपाली नेताहरुलाई पनि दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । उहाँहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिएको छ । आज ठिक चार वर्ष भयो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष भयो । संसदमा चर्को आवाजले मैले खोज्दैछु । निर्मला पन्तले वर्तमान सरकारबाट न्याय पाएकै हुन । हत्यारा पत्ता लागेकै हो । हत्यारा पत्ता लगेको भए कुन कारागारमा राखिएको छ ? गृहमन्त्री ज्युसँग जवाफ माग्न चाहन्छु ।’
सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पतालगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग गरिन् ।