logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल

    शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल

    3.1K
    Shares
    शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् ।

    मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।

    ‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ ।’ खुल्ला विश्वविद्यालयको डिन नियुक्तीमा ढिलाई भएको प्रध्यापक संघका पदाधिकारीहरुसँग सुझाव मागे ।

    ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend