logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लिङ्देनले पुनः दोहोर्‍याए अभिभावकीय भूमिकामा राजा रहनुपर्ने विचार

    लिङ्देनले पुनः दोहोर्‍याए अभिभावकीय भूमिकामा राजा रहनुपर्ने विचार

    3.1K
    Shares

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देश समृद्ध बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोही डराउनु नपर्ने भन्दै राजा राखेरै देश समृद्ध बनाउन सकिने बताएका हुन् ।

    यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले देशमा पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने दोहोर्‍याए ।

    देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाई छ । उनले स्वतन्त्रताको नाममा अभिभावक विहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend