logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • छानबिन समितिले थाल्यो प्रतिवेदन लेखन

    छानबिन समितिले थाल्यो प्रतिवेदन लेखन

    4K
    Shares
    छानबिन समितिले थाल्यो प्रतिवेदन लेखन

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको भनिएको विषयमा छानबिन गर्नका लागि गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन लेखन थालनी गरेको छ । बिहीबार समितिले पाएको थप एक साताको म्याद सकिँदैछ ।

     

    प्रतिवेदन तयार पारेर बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी समितिको छ । समितिका सचिव सुरेन्द्र अर्यालले उठेका विषयहरुको अनुसन्धान तथा सम्बन्धित व्यक्तिसँग बयान लिने काम सकिएसँगै प्रतिवेदन लेख्न थालिएको बताए ।

    यस बीचमा समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग करिब २ घण्टा बयान लिएको थियो भने सो क्रममा उनले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश नभएको बताएका थिए । यस्तै समितिले अर्थमन्त्रालय सम्बद्ध कर्मचारीहरूसँग पनि बयान लिएको थियो । यस्तै सिसिटिभी फुटेजको अध्ययन गर्दा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको समितिका अधिकारीहरु बताउँछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend