logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भीम रावलले सुनाए कविताः देशद्रोही मान्छे चाहिँ मालिक भएछ !

    भीम रावलले सुनाए कविताः देशद्रोही मान्छे चाहिँ मालिक भएछ !

    3.3K
    Shares
    भीम रावलले सुनाए कविताः देशद्रोही मान्छे चाहिँ मालिक भएछ !

     

    काठमाडौं ।

    देशका लागि लड्ने मान्छे सालिक भएछ
    देशद्रोही मान्छे चाहिँ मालिक भएछ…..
    प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक समयमा सुरू नभएपछि एमाले सांसद भीम रावलले कविता सुनाएका छन् ।

    बुधबार दिउँसो १ बजे अमेरिकी साझेदारी परियोजना एसपीपीबारे छलफल कार्यक्रम थियो । छलफलमा समयमा सांसद तथा मन्त्री नआएपछि उनी बैठक कक्षमा रहेका समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरू ईश्वर पोखरेल, प्रकाशमान सिंह लगायतलाई माथि उल्लेखित कविता सुनाइरहेका थिए ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend