काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय र तेजावी सुनको मूल्य ९३ हजार २ सय तोकिएको थियो ।
बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १५५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार १५० रुपैयाँमा बिक्री भएको थियो ।