सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् ।

भारतमा यति बेला भारी वर्षा भइरहेको छ । आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ । त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् ।

यो सिजन मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा ११० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १९७ जनाले ज्यान गुमाइसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend