logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • बागमती प्रदेशसभाः साढे चार वर्षमा ७० विधेयक पारित

    बागमती प्रदेशसभाः साढे चार वर्षमा ७० विधेयक पारित

    3K
    Shares
    बागमती प्रदेशसभाः साढे चार वर्षमा ७० विधेयक पारित

    बागमती । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भने ।

    प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो रहेको छ ।

    प्रदेशसभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।

    मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशाँै अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए । यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend