logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुन्न : माधव नेपाल

    नेपाल सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुन्न : माधव नेपाल

    3.5K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्न नहुने बताएका हुन् ।

    उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताए ।

    उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend