काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।
राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदी‚ दानबहादुर तामाङ‚ डा. शर्मिला पराजुली (ढकाल)‚ मिलनराज तुलाधार र प्रा.डा. रामस्वार्थ रायले शपथ लिएका थिए। सुवेदी जापान‚ तामाङ दक्षिण अफ्रिका‚ ढकाल स्पेन‚ तुलाधार रूस र राय डेनमार्कका लागि राजदूत नियुक्त भएका छन्।