काठमाडौं । जनता समाजवादी पार्टी नेपालकि सांसद रेनुका गुरुङले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव पुनः अगाडी बढाउनुपर्ने बताइन् । उनले विश्व द्वन्द्वमा फसिसकेको भन्दै नेपाललाई शान्ति क्षेत्र बनाउनु अपरिहार्य भइसकेको बताइन् ।
उनले भनिन्– ‘हामी नेपाललाई शान्ति क्षेत्र प्रश्ताव अगाडी बढाउन चाहन्छौँ । इण्डियाले अहिलेसम्म नेपाल शान्ति क्षेत्रको प्रश्तावलाई हस्ताक्षर गरेको छैन । त्यही भएर पनि हामीलाई शंका त लाग्छ नि । हामीले नेपाललाई शान्ति क्षेत्रको प्रश्ताव अगाडी बढाउनुपर्छ । अपरिहार्य भएको छ । विश्व द्वन्द्वमा फसिसक्यो । फेरी प्रश्ताव अगाडी बढाऔँ । नेपालले कुनैपनि सैन्य गठबन्धनबाट अलग रहन र आफ्नो देशको परराष्ट्र नीति बमोजिम असंलग्न नीतिलाई पनि जोड दिनुपर्छ ।’
उनले नेपाल सैन्य गठबन्धन बाट अलग हुनुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई जोड दिनुपर्ने बताइन् ।