सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

ट्राफिक प्रहरी द्वारा सवारी साधनका चालकहरुको लागुऔषध सेवन चेकजाँच

ट्राफिक प्रहरी द्वारा सवारी साधनका चालकहरुको लागुऔषध सेवन चेकजाँच

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न प्रकारका सवारी साधनका चालकहरुको लागुऔषध सेवन चेकजाँच सुरु गरेको छ । चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान अन्तर्गत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरु लाई चेकजाँच गरिएको थियो ।

उक्त चेकजाँचको लागी आवश्यक प्रविधिक टोली र T.H.C. kit जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपाले उपलब्ध गराएको थियो । अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend