logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फेवाताल वरपर मापदण्ड विपरितका घर भत्काउन खिमलाल देवकोटाको माग

    फेवाताल वरपर मापदण्ड विपरितका घर भत्काउन खिमलाल देवकोटाको माग

    3.9K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गरेका छन् । उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए ।

    ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् ।’ उनले भने । ‘यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराईयोस् । तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend