logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानसेनापति आईपिएस कार्यक्रममा सहभागीबारे सांसद रावलले मागिन जवाफ

    प्रधानसेनापति आईपिएस कार्यक्रममा सहभागीबारे सांसद रावलले मागिन जवाफ

    9.5K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छन् । उनले कोभिड १९ को संक्रमण बढिरहेकोतर्फ समेत सरकारलाई सचेत गराईन् ।

    ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ?’ उनले भनिन् । ‘एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो ?म सरकारबाट स्पष्ट जवाफ चाहन्छु । कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend