logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माणको काम सम्पन्न

    ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माणको काम सम्पन्न

    5.3K
    Shares
    ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माणको काम सम्पन्न

    सिन्धुली । ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् । पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुईसय मिटर लामो छ ।

    पुलमा पाँचवटा स्पानहरू रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुईवटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल वि.स. २०७३ को असार अन्तिममा शुरु भएको र २०७६ सम्म नै सकि सक्नुपर्ने भएपनि कोरोना महामारीका कारण काम केही ढिला गरी सकिएको बताए ।

    उनले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताए । उनले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताए । उनले यसले सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लालाई जोड्ने र यो स्थानको मुहार फेरेको बताए ।

    त्यस्तै पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ लगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताए । उनले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताए । उनले पक्की पुल निर्माणसँगै नजिकका जिलमा पर्यटकीय स्थलको सम्भावना बढ्ने बताए ।

    त्यस्तै पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरु खुशी भएका छन् । पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटनाहरु निम्तिने गरेकोले अब यी समस्याबाट छुटकारा मिल्ने स्थानीयहरुको भनाइ छ । साथै सामान ओसारपसारका लागि पनि सहज हुने बताए ।

    उनीहरुले किसानको लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास लिएको बताए । किसानले उत्पादन गरेका खाद्य सामग्रीको बजारीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यकतालाई सहज बनाइदिएको छ । सिन्धुली जिल्लाबाट ओखलढुङ्गाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएबित्तिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवत–जावतमा सहज हुनेछ ।

    सुनकोशी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुङ्गालाई जोड्ने निकै छोटो बाटो हुनेछ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद रामहरि खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहितको स्थानीय जनप्रतिनिधिहरुले पक्की पुलको निरीक्षण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend