logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु हुदैनः सांसद दाहाल

    यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु हुदैनः सांसद दाहाल

    2.8K
    Shares
    यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु हुदैनः सांसद दाहाल

     

    काठमाडौं । सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताउनु भयो । उहाँले सुत्केरीहरुलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताइन् । युवाहरुलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उहाँले जोड दिइन् ।

    उनले भनिन् – ‘कारागारका भौतिक संरचनाहरु राम्रा छैनन् । पानी चुहिने अवस्था छ । बन्दीहरुलाई क्षमताभन्दा बढी राख्ने गरिएको छ । कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसावले छुट गर्ने व्यवस्था गरिएको छ । खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनुहुँदैन । थुनामा राख्ने र कारागारमा राख्ने बन्दी एकै ठाउँमा राख्ने गरिएको छ, यो गरिनुहुन्न । कारागारमा भएका महिलाहरु सुत्केरी भएमा उनीहरुले बाहिर बसेर स्याहार गर्नसक्ने ३० दिनका लागि भनिएको छ । उनीहरुलाई ९० दिन दिनुपर्छ संवेदनशिलताको आधारमा पनि ।

    बच्चाहरुलाई शिक्षा, दिक्षा र संरक्षण राज्यले गर्नुपर्छ । कारागारका बन्दीहरुको सीप, अध्ययनको कुराहरुलाई व्यवस्थित गरिनुपर्छ । मनोविमर्श तालिमको व्यवस्था गरिनुपर्छ । कारागार भित्र रहेको निश्चित उमेरका युवा समूहलाई काममा लगाउनुपर्छ । राज्यका सम्पती उनीहरुलाई खुवाउने र उनीहरुको व्यवस्थापनमा खर्च भइरहेको छ । उनीहरुलाई श्रम शिविरमा लिएर श्रममा लगाउनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend