logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक १५.४९ अंकले वृद्धि

    नेप्से परिसूचक १५.४९ अंकले वृद्धि

    3.9K
    Shares
    नेप्से परिसूचक १५.४९ अंकले वृद्धि

    काठमाडौं । बिहीवार नेप्से परिसूचक तीब्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ । बिहीवार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो ।

    त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ । बिहीवार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको छ ।

    बुधवारको भन्दा आज कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ । विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन् । भने अन्य उपसमूह र निर्जिवन बीमा उपसमूहको सूचकमा गिरावट आएको छ ।

    बिहीवार कारोबारमा आएका बुद्धभूमी हाइड्रोपावरको शेयरमूल्य सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रउत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ । तर यता राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ । बिहीवार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend