काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको छ । आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।
विदेशबाट बिहे गरेर ल्याउनासाथ नागरिकता दिनेलगायतका विधेयकका कतिपय प्रावधानमा चौतर्फी विरोध छ ।