बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सबैको समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना छः बालेन शाह

सबैको समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना छः बालेन शाह

 

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन शाह र खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा विरुवा रोपेका हुन् ।

बर्खायाममा निरन्तर विरुवा रोप्ने गरी आज सांकेतिक रूपमा मन्दिरको मुख्य प्रवेश द्वारको अगाडि पश्चिम उत्तरतर्फ विरुवा रोपिएको हो ।

काठमाडौं महानगरका प्रमुख शाहले सबैको समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे । काठमाडौं महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका विरुवा रोप्ने योजना बनेको खाँदबारी नगरका प्रमुख थपलियाले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend