logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण, आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

    आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण, आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

    5.7K
    Shares

    काठमाडौं। आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

    शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

    आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend