logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मधेश प्रदेशका स्थानीय तहहरु करार कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको छः दिल कुमारी

    मधेश प्रदेशका स्थानीय तहहरु करार कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको छः दिल कुमारी

    2.9K
    Shares
    मधेश प्रदेशका स्थानीय तहहरु करार कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको छः दिल कुमारी

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य दिल कुमारीले मधेश प्रदेशका स्थानीय तहहरु करार कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको बताइन् । उनले मधेश प्रदेशमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगको विज्ञापन खुलाउन र परिक्षा भइसकेकाहरुको नतिजा ढिलासुस्ती नगरी प्रकाशन गर्न माग गरिन् ।

    उनले भनिन्– ‘अहिले पनि मधेश प्रदेशमा प्राय सबैजसो स्थानीय तहमा करारमा भर्ति गरिएका कर्मचारीहरु छ । यो वर्ष मधेश प्रदेशमा लोकसेवा मार्फत् सम्पूर्ण स्थानीय तहहरुका लागि विज्ञापन गरि योग्यता, क्षमता, दक्षता शिक्षित युवा, युवतीहरुलाई खुला तथा समावेशि मार्फत् पदपूर्ति गर्न मधेश प्रदेश लोकसेवा आयोगलाई सभामुख मार्फत् ध्यानाकर्षण गराउन चाहान्छु । साथै कुनै किसिमको ढिलासुस्ती नगरी लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुरुप नै सबै तहको विज्ञापन, लिखित परिक्षा नतिजा प्रकाशन समेत गर्न, गराउन विशेष ध्यानाकर्षण गराउन चाहान्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend