काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताए । उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गरे ।
उनले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गरे । उनले भने– ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुप¥यो । एम अधिकारीका थरका मान्छेले नखोजेपनि, त्यो पार्टीका मान्छेले नखोजेपनि, यो सदनले नखोजेपनि एउटा सांसदको नाताले त मैले खोज्नैप¥यो भनेर म खोज्न रात, दिन लागेँ । मैले प्रमाण पनि भेट्टाएँ । एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ । सबै हेरेँ । अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ । एम भनेको मनि रैछ । एम बाट मनि, मनि भनेको पैसा ।
ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले । को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ । त्यसैले समिति त बनेन तर म आफैँ एक्लै, म त्यो थरको मान्छे पनि होइन । तरपनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु । त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडी बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’