logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • थुनामा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा कोहलपुरका असई प्रक्राउ

    थुनामा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा कोहलपुरका असई प्रक्राउ

    3.8K
    Shares

    काठमाडौं । प्रहरी हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् ।

    साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताए ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend