काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्। सरकारले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि एसपिपीको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘एसपिपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रह मुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौँ।’ ‘हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं। नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ’ उनको भनाइ छ।