काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् । शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले युवालाई पद चाहिएर पार्टीको माथिल्लो कमिटी ठूलो बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने बताए ।
‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने’ उनले भने, ‘युवाहरुलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन ।’
अध्यक्ष ओलीले आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गर्नु युवा सुलभ गुण नभएको बताए ।