काठमाडौं । सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पु¥याएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका हुन् ।
नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पूँजी र बाह्य पूँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भईरहेको पनि बताए । सरकारले चलाईरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि संचालनका लागि सरकारले उद्योगमैंत्री वातावरण निर्माण गरिरहेको दावी समेत गरे । उनले सरकार र निजी क्षेत्र मिलेर अघि नबढने हो भने फेरी पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने बताए ।
मन्त्री बडूले भने, ‘निर्यातको निमित्त हामीले गर्नुपर्ने सम्पूर्ण सुधारका नीतिहरु, कार्यक्रमहरुबाट निर्यात बढाउनै पर्छ । यो भन्दा अर्को उपाय छैन । हाम्रो यो अहिलेको विद्यमान अवस्थामा सुधार गर्नका लागि । त्यसकारणले हामीले यस पटक ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रमलाई निष्कर्षमा पु¥याएका छौं । र यसको कार्यक्रम, यसको मोडालिटी तयार गरेर कार्यान्वयनको चरणमा हामी प्रवेश गरिरहेका छौं । हामीले यसलाई दशक अभियानको रुपमा पनि यो नीति र कार्यक्रम तथा बजेटको विनियोजनलाई अव कार्यान्वयनमा लैजाने पहिलो महिना सुरु भएको छ । त्यसकारण मैले यो भनेको हुँ । यो कार्यक्रम आफैंमा समय सान्दर्भिक पनि बनेको छ । हामी राष्ट्रिय उत्पादन बढाउनका लागि सरकार स्वयमले गर्न सक्ने विषय होइन ।
सरकार आफैंले धेरै गरेर उद्योगहरु बन्द भएको अवस्था पनि हो । सरकार आफैंले सबै उद्योगधन्दा चलाएर सम्भव पनि छैन । यसमा हामी सहमत छौं । र, हामी निजी क्षेत्र, स्वदेश पूँजी र सकिन्छ भने बाह्य पूँजी पनि कसरी ल्याउन सकिन्छ ? यसका निमित्त हामीले छलफल गरेर केही निष्कर्ष, केही निर्णय गरिएको छ । अहिलेको अवस्था के हो भन्दा चलिरहेका उद्योग र सरकारले चलाईरहेको औद्योगिक क्षेत्रहरु पूर्ण क्षमताका साथ संचालन हुन सकिरहेका छैनन् ।
त्यसकारणले चलिरहेका उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योगहरु स्थापना गर्ने एउटा बाटो हो भने चलाएर पनि बन्द भएका उद्योगहरुलाई चलाउनै पर्दछ । यसरी चलाउनका निमित्त निजी क्षेत्रको भूमिका अग्रणी हुन्छ । हामी निजी क्षेत्रको लगानीलाई कसरी आकर्षित गर्न सकिन्छ ? उद्योगमैंत्री वातावरण निर्माणका लागि छलफलमा बसेका छौं । अझ बस्न हामी तयार छौं । तर, अव सरकार र निजी क्षेत्र यो मुलुकको भविष्यको निमित्त एक साथ हिड्न सकेनौं भने चिन्ताको अवस्था फेरी पनि बाँकि रहन्न ।’
मन्त्री बडूले सरकारले संचालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताउनु भयो । उहाँले निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको दोहो¥याए ।