logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेः अध्यक्ष ओली

    सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेः अध्यक्ष ओली

    3.5K
    Shares
    सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेः अध्यक्ष ओली

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकीर समेत गरे । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इस्तो बताएका हुन् ।

    देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    अध्यक्ष ओलीले भने, ‘सत्तारुढ दलका नेताहरुले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ नै । यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनु नै हो । जसबाट मात्रै देश बन्न सक्छ । एमालेलाई सरकारमा जानु परेको होइन । तर एमालेलाई सरकारमा नपुगी नहुने, बहुमत नभई नहुने किन भयो भने–यो देशलाई बचाउनु छ, जोगाउनु छ । यसलाई अगाडि बढाउनु छ । त्यसकारण नेकपा (एमाले) सरकारमा पुग्नु प¥यो । बहुमत आउनु प¥यो । यसका निम्ति खट्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

    ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend