logo

२०८१ कार्तिक २० मंगलबार

logo
  • मंगलबार, २० कार्तिक २०८१
  • उडिरहेको विमानबाट हाम फाल्दा पाइलटको मृत्यु

    उडिरहेको विमानबाट हाम फाल्दा पाइलटको मृत्यु

    4K
    Shares

     

    न्यूयोर्क । अमेरिकाको नर्थ क्यारोलिनमा एक पाइलटले उडानको बीचमा हाम फाल्दा उनको मृत्यु भएको छ। सीएनएनले जनाएअनुसार उक्त घटना रैलीघ नजिकै भएको हो। विमानस्थलका कर्मचारीका अनुसार उडानका क्रममा विमानमा २ जना व्यक्ति सवार थिए।

    संघीय उड्डयन प्रशासनले सीएनएनलाई जनाएअनुसार डबल इन्जिनयुक्त कासा सीएन–२१२ विमान दिउँसो २स्४० बजे राले डरहम अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको चउरमा अवतरण भएको थियो। विमानमा को–पाइलट रहेका व्यक्तिले उडानकै क्रममा विमानबाट हाम फालेको अनुमान गरिएको छ। एक स्थानीय बासिन्दाले आफ्नो घर पछाडि केही आवाज सुनेको स्काउटिङ अधिकारीहरूलाई बताए।

    साँझ ७ बजे अघि नै घटनास्थलमा पाइलटको शव भेटिएको थियो।

    पत्रकार सम्मेलन गर्दै फुक्वा–वरिनाका प्रहरी प्रमुख ब्रेन्डन मेडिनाले चार्ल्स ह्युग क्रुक्सको शव कम्तिमा ३ हजार ५०० फिटबाट खसेको बताए। उनका अनुसार पाइलटको मृत्यु भुइँमा खसेपछि वा अगाडि नै भएको हो, खुल्न सकेको छैन। यस विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

    प्रमुख मदिनाले घटनालाई आपराधिक अनुसन्धानका रूपमा लिइएको हो कि होइन भनेर भनेनन्, उनले यस्तो अवस्था विरलै हुने गरेको बताए । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend