काठमाडौं । एक घरका पुरै परिवार नै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिता पाण्डेका माइती पक्षले शव उठाउन दिएका थिएनन् । मृतक दिनेश पाण्डेसँग जरंखु बस्ने एक महिलाको घटनामा संलग्नता रहेको माइती पक्षले आरोप लगाएका छन् ।
ती महिला मृतक दिनेशकी भाउजू नाता पर्ने माइती पक्षको भनाई छ । ‘आरोपित महिलामाथि अनुसन्धान गर्ने सहमति भएपछि शव उठाउने तयारी भएको छ । आरोपित महिला तारकेश्वरको जरंखु निवासी हुन् । मृत अवस्थामा भेटिएका दिनेशसँग ती महिलाको अनैतिक सम्बन्ध रहेको माइती पक्षको आरोप छ ।
यसअघि घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका थिए । ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका थिए । दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए।
याे पनि: