logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिन्छः केपी ओली

    नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिन्छः केपी ओली

    4.6K
    Shares
    नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिन्छः केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने बताएका छन् । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपालको जलश्रोत’ नामक पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पानीको सदुपयोग हामी आफैले गर्न नपाएको बताएका छन् ।

    ‘हामी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सक्छौ’। ओलीको भनाइ छ । उनले कोशी नदी नेपालमै भएपनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने बताए । नेपालले आफ्ना नदीनाला र पानीबाट जायज फाइदा लिन पाउनुपर्छ । त्यसका लागि नेपालको राष्ट्रिय हितमा अडान हुनुपर्छ’, उनले सत्ता हितका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन नमिल्ने बताए ।

    उनले जलश्रोतको उपयोग उर्जा र सिञ्चाईमा प्रयोग गर्न सक्नुपर्ने भन्दै जलश्रोतको उपयोगले मात्रै आधुनिक कृषि प्रणालीको विकास गर्न सकिने बताए । ‘हाम्रा सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्दछ । यसको समुचित प्रयोगका लागि राष्ट्रिय हितबाट प्रस्थान गर्नुका साथै न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्व पनि हेर्नुपर्छ’, ओलीको भनाई छ । उनले राष्ट्रियताको अडान लिँदा आफु प्रधानमन्त्रीबाट हट्नुपरेको स्मरण गर्दै ओलीले आफुलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता नरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend