काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले यस्तो बताएका हुन् ।
मुलुकको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरुले ज्यान दिए÷लडे, हामीले अडेमात्रै पनि पुग्ने उनको भनाई थियो । ओलीले एमसीसी सम्झौंतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेश गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गरे ।
ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हटनु परेको बताए । अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकैकारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको बताए । उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउनु पुगेको बताए ।