सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बर्दियाबाट लागुऔषधसहित दुई जना पक्राउ

बर्दियाबाट लागुऔषधसहित दुई जना पक्राउ

बाँके । बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १।०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी उनीहरूलाई आवश्यक अनुसन्धानका पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend