logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सडकै नभएको ठाउँमा बन्यो ५ करोडको मोटरेबल पुल

    सडकै नभएको ठाउँमा बन्यो ५ करोडको मोटरेबल पुल

    8.4K
    Shares
    सडकै नभएको ठाउँमा बन्यो ५ करोडको मोटरेबल पुल

    काठमाडौँ । गोरखाको दरौंदी नदीमा आठ वटा मोटरेबल पुल छन्। त्यसमध्ये सात वटालाई वारिपारि सडकले जोडेको छ। तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न पारि। पुलको एकापट्टि हराभरा धान रोपिएको खेत छ। अर्कातर्फ ठूलो पहरा अनि घना जंगल छ।

    सडकै नभएको ठाउँमा मोटरेबल पुल बनेपछि स्थानीयवासी पनि चकित छन्। मन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गर्दै सडक नभएको ठाउँमा पुल बनाएको भन्दै लाभान्वित हुने स्थानीयवासीले समेत आलोचना गरेका छन्। ‘हचुवाका भरमा के गरेको यो रु यत्रो सरकारी सम्पत्ति त्यसै खेर गयो’, स्थानीय गणेशकुमार नगरकोटी भन्छन्, ‘सडकै नभएको ठाउँमा हचुवाका भरमा राज्यको सम्पत्ति दुरुपयोग गर्न हुन्छ रु’ पुल चाहिन्छ कि चाहिन्न भनेर स्थानीयलाई कसैले नसोधेको उनले बताए।

    ‘मान्छे हिँड्नलाई यहीँ झोलुंगे पुल छ। माथि पनि अर्को पुल छ। अलिकति तल पनि अर्को पुल छ। ठामठामै पुलैपुल थापेर के गरेको यो रु’ उनले भने। गण्डकीका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत मन्त्री भएको बखत आफ्नै बेंसीको खेतमा सो पुल निर्माण गरेका स्थानीयवासीको आरोप छ। ५० मिटर लामो पुल ५ करोड ३९ लाख ८० हजार लागतमा बनेको हो। एचटीसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठमा सम्झौता गरी काम सुरु गरेको सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिए। जेठ १२ मै सम्पन्न भइसक्नु पर्ने भए पनि हालसम्म भएको छैन।

    पुल बने पनि सडक कहाँ बनाउने भन्ने निश्चित नभएको अर्का स्थानीय सीताराम सुनार बताउँछन्। ‘पहिले मोटरबाटो बनेर पुल बनेको भए सुल्टो हुन्थ्यो। तर पहिले पुल बनाएर अब रोड कहाँ बनाउने रु यहाँका मोहियाहरू जग्गा दिन्नौँ भन्छन्’, सुनारले भने, ‘पहिले बाटो बनाएर पुल बनाइदिया भए पो विकास, निकासै नभएको विकास के विकास।’ सोच विचार नगरी, रायसल्लाह नगरी काम भएको उनको गुनासो छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend