बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

हामीले ल्याएको बजेट उत्पादन मुखी छ, सबैले उत्पादनको क्षेत्र लाग्नुपर्छः अर्थमन्त्री शर्मा

हामीले ल्याएको बजेट उत्पादन मुखी छ, सबैले उत्पादनको क्षेत्र लाग्नुपर्छः अर्थमन्त्री शर्मा

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कृषिमा केन्द्रित भएको बताएका छन् । उनले सबैलाई उत्पादनको क्षेत्र लाग्न आग्रह पनि गरे । भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अहिलेको बजेट कृषिमा केन्द्रित भएको उल्लेख गर्दै सबैलाई उत्पादनको क्षेत्र लाग्न आग्रह गरेका हुनु् ।

 

उनले भने, ‘हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ । हामीले ल्याएको बजेट पनि उत्पादन मुखी नै रहेको छ । किसानलाई पेन्सनको व्यवस्था समेत बजेटमा रहेको छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend